किम्बदन्ती

केही पौराणिक कथन र पौराणिक परिचय



श्री नाख भगवती बारे

यो भगवती श्रीखण्डपुरको थियो । एकदिन भ्रमणको लागि जलेश्वरको बाटो गरि पनौती घाटमा पुगी नुहाई घर फर्केछ । पनौतीको बिच बाटोको बिचारपाटीमा एक सुन्दरी केटी भई रोइ बसिछ ।त्यसै बखत श्रीखण्डपुरवासी भगवतीको खोजीमा जाँदा त्यहाँ भेट भएछ । भेट हुँदा मलाई गरगहना बनाई ल्याई दिने भए मात्र म फर्कन्छु भन्ने जवाफ पाएछ ।त्यसपछि श्रीखण्डपुरवासीहरु गरगहना बनाउन तर्फ लागे । केही समयपछि धुलिखेलवासीहरु पनि त्यँहा पुगेछ ।सुन्दरी केटीलाई सँगै जान फकाएछ । श्रीखण्डपुरवासीलाई भने जस्तै भनेछ । धुलिखेलवासीहरुले लौका , घिरौंलाको फुलको माला बनाई लगाइदिएछ । उक्त भगवती खुसी भै उनीहरुसँगै गएछ । श्रीखण्डपुरवासीले साँच्चिकैको सुनको गरगहना लिई जाँदा त्यँहाबाट भगवती धुलिखेलवासीले फकाई लगेको थाहा भएपछि धुलिखेल जाँदाजाँदै गर्दा डाँडामा भेट्टाएछ ।श्रीखण्डपुर फर्कन फकाएछ तर फर्कन नमानेपछि हामीलाई झुक्याउने भनि नाकको टुप्पो काटेर ल्याई श्रीखण्डपुरमा स्थापना गरि भगवतीको पूजा गर्ने चलन चलाएको भन्ने कथन छ। त्यसैले उक्त भगवतीलाई नाख भगवती भनिएको हो ।


सोह्रखुट्टे पाटी

यो पाटी श्रीखण्डपुरको मध्य भागमा निर्माण गरिएको थिायो । सोह्रवटा थाम राखी तीन तल्लाको पाटी भएकोले यसलाई सोह्रखुट्टे पाटी भनिन्छ । यसको सबैभन्दा तल्लो तल्लामा सानो ढोका राखिएको थियो । यहाँ पौराणीक कालमा अपराधि काम ( चोरी , डकैती ) गर्नेलाई थुनामा राख्ने गरिन्छ । उनीहरुले नराम्रो काम गर्नबाट बञ्चित गराउन सजायँ दिने थलोको रुपमा प्रयोग गरिन्थ्यो । त्यस माथिको तल्लमा सभा गर्ने,भारदारी गर्ने र नराम्रो काम गर्नेलाई कस्तो सजायँ दिने भन्ने बारे छलपल र बहस गर्ने थलोको रुपमा प्रयोग गरिन्थ्यो । जसलाई पञ्च भलाद्मीको भेला भनिन्थ्यो । साथै इन्द्र जात्रामा इन्द्र भगवान लाइ सोह्रखुट्टे पाटी माथी राख्ने प्रचलन थियो । यो पाटी अहिले पाताल भै पूरा नष्ट भैसकेकोले हाल त्यहाँ स्वास्थय चौकी निर्माण गरि राखेको छ । सोह्रखुट्टे पाटी बनाउन कही बाट बजेट छुट्टाएको खण्डमा भटकाउने तर कही बाट बजेट नदिए वडा स्तरिय र नगर स्तरिय बाट बार्षीक बजेट ल्याइ काम सूरु गर्न ध्यान जान जरुरी देखिन्छ ।साथै इन्द्र जात्रामा इन्द्र भगवान लाइ सोह्रखुट्टे पाटी माथी राख्ने प्रचलन थियो । यो पाटी अहिले पाताल भै पूरा नष्ट भैसकेकोले हाल त्यहाँ स्वास्थय चौकी निर्माण गरि राखेको छ । सोह्रखुट्टे पाटी बनाउन कही बाट बजेट छुट्टाएको खण्डमा भटकाउने तर कही बाट बजेट नदिए वडा स्तरिय र नगर स्तरिय बाट बार्षीक बजेट ल्याइ काम सूरु गर्न ध्यान जान जरुरी देखिन्छ

क्वेनावासी गणेश थान

बाजे ले सुनाउनु भएको कथा अनुसार यहाँ पानी कहिले सुक्दैन.... र यहाँ बाट पाताल जाने ठाउँ थ्यो रे।। बजे ले सुनाउनु भएको कथा अनुसार चोभार बाट आएको तान्त्रिक बिद्या जाने गुरु ले गणेश को कति शक्ति छ भनेर जाच्ने क्रममा ठुलो मा कति ठुलो र सानो मा कति सानो हुन सक्छ भनेर भन्दा ठूलो मा आकाश पाताल जत्रो ठुलो भएको र सानो मा एक्दमै सानो हुँदा खेरी करुवामा राखी छोपेर चोभार लगेको भनेर सुनाउनु भाको थ्यो।।।। क्वेनावासी गणेशलाई चोभारवासिले चोरेर लागि चोभारमा स्थापना गरि राखेको कुरा श्रीखण्डपुरवासिले थाहा पाई लिन जादा चोभारवासिले फिर्ता दिन नमानेपछी त्यो देवता तिमिहरु कहाँ रहे पनि हाम्रो स्वामित्व रहनेछ भनी आएछ र त्यसको सम्झनामा क्वेनावासी गणेशको स्थापना गरि पुजा गर्ने चलन चलाएको भन्ने कठन छ । अहिले पनि चोभारमा रहेको क्वेना वासी गणेश को मन्दिरमा श्रीखण्ड्पुर वासी भएको समय मा चोभारवासिले बलि चढाउन खोजे वलि दिन खोजेको वोका वा भाले पर्सन्दैन र श्रीखण्डपुरवासी मन्दिर बाहिर आएपछि मात्र वलि पर्सन्छ भन्ने गरिन्छ । यसको आधारमा उक्त देवता श्रीखण्डपुर बाट लगेको भन्ने प्रमाणित गर्न सकिन्छ।।

ॐ गणानां त्वा गणपतिं हवामहे कविं कवीनामुपमश्रवस्तमम्।
ज्येष्ठराजं ब्रह्मणाम् ब्रह्मणस्पत आ नः शृण्वन्नूतिभिःसीदसादनम्
ॐ महागणाधिपतये नमः ॥


नवदुर्गागणको बारे कथन

श्रीखण्डपुरमा ल्याउने नवदुर्गा जात्रामा माछा मार्ने चलन थिएन । एक पटक एकजना हुलिया मानिसले नवदुर्गाको माछा मार्ने जबर्जस्ती गरेपछि माछा मार्न थालेछ । यसबाट नवदुर्गा देवता र नवदुर्गा देवगणसँगै आएका मानिसहरु तितर वितर भएछ । देवताको नाइकेले त्यसको कारण के रहेछ भन्नेबारे तान्त्रिक विद्या जान्ने बुढा मानिस तधिमणि गुभाजुसँग आएर सोधेछ । तान्त्रिक विद्या जान्ने मानिसले तिमीहरुले गर्न नहुने काम गर्यो। यहाँ श्वेतभैरव देवता भएको ठाउँमा माछा मार्ने काम गर्यो । त्यसैले त्यस्तो भएको भनेछ । बूढा मानिसले अब आइन्दा माछा नमार्ने कबुल गर भने पछि देवगणका नाइकेले अब आइन्दा माछा मार्ने काम नगर्ने कबुल गरेपछि सबै गाठाहरु साविक ठाँउमा बस्न सक्ने भए । त्यस बेला देखि श्रीखण्डपुरमा माछा मार्ने काम नगरेको भन्ने कथन छ । पौराणीक कालमा सवै देवताहरु वजार निस्कने गर्दथे । पहिले श्रीखण्डपुरमा पनि नवदुर्गाको नाचमा माछा मार्ने चलन थियो । एक पटक माछा मार्ने क्रममा एक तान्त्रिक विद्या जान्ने गुभाजुलाई पक्रने काम भएछ । नियम मुताविक देवगणले छाडे पछि निज गुभाजु फुत्केर गई तान्त्रिक विद्यावाट सवै देवगणलाई एकै ठाउँमा बाधिने काम भएछ । देवगणको नायो आउँदा त्यो अवस्था देखेपछि त्यसको कारण श्रीखण्डपुरका नजिकै बसेर देखेका मानिस सँग बुझ्दा निज तान्त्रिक विद्या जान्ने गुभाजु कहाँ गई माफी माग्ने सुझाव दिएछ । नायो उक्त तान्त्रिको घरमा जाँदा निजकी श्रीमतीको खुट्टा बालेर रक्सी पारेको देखि उनलाई गूरजु कहाँ हुनुहुन्छ भनि सोध्दा गाई चराउन गएको भनिन् । गाई चराएको ठाउँमा हेर्दा गुभाजुलाई देखेनछ र कहाँ हुनुहुन्छ भनी सोध्दा काग भएर वसेको थाहापाई अनेकौ पुकार गर्दा आइन्दा माछा नमार्ने शर्तमा सवै देवगणलाई पुन पहिलेकै अवस्थामा ल्याई दिएको कथन रहेको छ । त्यस बखत देखि श्रीखण्डपुरमा माछा मार्ने कार्य नगरी ४ जना मात्र देवगण वाहिर ल्याउने चलन चलाएको भन्ने कथन छ ।