बनेपा मा २००३ साल तिर गणेश स्कुल र जापानी स्कुल स्थापना भइ केही समय चलेको थिए
शिक्षामा आएको उत्साहपूर्ण प्रयास फलस्वरुप त्यसैताका पनौतिमा इन्द्रेस्वर बिधालय दाप्चामा श्रीकृष्ण बिधालय नालामा भग्योदय विधालय र श्रीखण्डपुरमा श्रीस्वेत भैरव विधालय स्थापित भएका थिए। यहि स्कुल्ले २००७ साल चैत्रमा सरकारी स्वीकृति पाएका थिए ।श्रीखण्डपुरमा शिक्षा को विकास गर्नलाइ श्री भरतराज श्रेष्ठको र श्रीखण्डपुरका समाजसेवी कृष्ण गोपाल धुँजुको ठूलो योगदान रहेको छ।श्रीखण्डपुरमा २००७ साल चैत्र १६ गते श्री श्वेत भरैव विधालय नाममा सरकार बाट स्वीकृति लिइ संचालन भयो ।शिक्षा विकासमा बनेपा निवासी शिक्षा प्रेमी समाज सेवि हन्सराज श्रेष्ठ र भरत राज श्रेष्ठको सक्रियता रहेको थियो ।उहाँ हरु को सक्रियता मा शुरू मा श्री श्वेत भैरब मन्दिरमा अगाडीको पाटिमा र पछि लायकु दरबारमा विधालय सन्चालन भयो ।श्री भरत राज श्रेष्ठले संस्थापक शिक्षकको रुपमा विधालय मा केही समय सम्म अध्यापन गराउनु भयो ।उहाँ पछि पं होमनाथ उपाध्याय ले अध्यापन गराउनु भयो ।
विधालय संचालन गर्न श्रीखण्डपुरका शिक्षा प्रेमी समाज सेवि श्री कृष्ण गोपाल धुँजुले राम्रो भुमिका निभाउनु भयो ।२०२७ सालमा श्री जनजागृती विधालय स्थापना गर्न श्री दामोदर शर्मा अधिकारी ज्युले राम्रो भुमिका निभाउनु ।यसको स्थापना गर्न भवन वनाउनको लागि पनि श्री कृष्ण गोपाल धुँजुको सक्रियता भयो । शिक्षा क्षेत्रलाइ विकसित गर्न श्री श्वेत भैरब र श्री जन जागृतिलाइ एकै ठाउँ मा गाभिइ श्रीखण्डपुर नि मा वि नामकरण गरि विधालय संचालन भै श्रीखण्डपुरमा शिक्षाको विकासलाइ अगाडि वढाइयो ।
हाल यहाँ सरकारी तवरमा एक उच्च मा.वि., एक प्रा.वि. संचालित छ्न भने एस ओ एस हर्मन स्कुल र दुई निजि बिधालय गोल्डेन सिद्धार्थ र स्यान्तलम स्कुल सन्चालन छ्न । २०३५ सालमा श्रीखण्डपुर मा वि स्तरमा पुगेको स्कुल हाल उच्च मा वि को रुपमा संचालन भै रहेको छ ।श्रीखण्डपुर २०१० सालमा युग सन्देश अध्य्यन मण्डल र २०१४ सालमा प्रकाश पुस्तकालय स्थापना भएको थियो । यी दुवै संस्था बाट बिधालय्सतरका विधार्थी तथा श्रीखण्डपुर का युवा हरु लाई शिक्षा ज्ञान प्राप्त गर्न लाभ दायक भएको थियो ।
साहित्य
श्रीखण्डपुरमा साहित्यतर्फ २०० वर्ष पहिले देखि नै विकास भएको पाइन्छ । धेरै वर्ष पहिले देखि नै कवि को जन्म भएको ठाँउको रुपमा चिन्निछ । यस मध्ये कालू मान सिं को नाम लिन सकिन्छ।
उहाँ को ने.स. १०२० सम्ममा ३१ वटा कविता लेखिसक्नु भएको थियो ।उहाँको जन्म ने.स. ९७१ मा श्रीखण्डपुरमा जन्म भएको थियो ।उहाँको परिवार गरिब भएको ले श्रीखण्डपुरमा व्यवसाय गरि जिवन्पालन गर्न नसकेपछी काठमाडौ बसाइँ सरि जानू भएको थियो ।उहाँ पछि पनि अन्य कविहरु जन्म भएका थिए ।त्यस्ता कविता रचना गर्ने हरु मा हिराकाजी श्रेष्ठ, लिला भक्त श्रेष्ठ हुनुहुन्छ।यस्तै भजन लेख्नेमा आनन्द राजोपाध्यायको नाम आउन्छ ।पुस्करराज बलले पनि केही कविता लेख्नु भएको छ।
श्रीखण्डपुरमा प्रकाश पुस्तकालयले आयोजना गरेको साहित्री सम्मेलनमा धेरै युवाहरुले कविता लेख्नु भइ पाठ गर्नु भयो ।साथै २०२८ देखि २०३१ सालसम्म पुर्णबहादुर कर्माचार्यको सयोजकत्वमा युग सन्देश मण्डल नामक भुमिगत संस्थाले साहित्री सम्मेलन आयोजना गरिरेहेको थियो ।उक्त सम्मेलनमा प्रहरी को हस्तक्षेपको कारण बन्द भएको थियो ।२०२४ सालमा र २०२८ देखि २०३१ सालमा भएको साहित्री सम्मेलनको सिलसिला मा सिद्धिचरण श्रेष्ठ धर्मरत्न यमि प्रेम बहादुर कसाकार अश्वघोष गोबिन्द भट्ट कृश्न ढकाल मोहन दुवाल गृष्म वहादुर देवकोटा कृष्ण प्रसाद दुवाल दुर्गा लाल श्रेष्ठ भुपी शेरचन आदि प्रसिद्ध साहित्यकारहरको उपस्थित रहेको थियो ।पुर्णबहादुर कर्माचार्यको संयोजकत्वमा तथा सम्पदाकत्वमा श्रीखण्डपुर क्लब को रजत जयन्ती को उपलक्ष्यमा २०६२ मा श्रीखण्डपुर दर्पण श्रीखण्डपुर प्रा.वि को ५६ औं वार्षिकोत्सब को उपलक्ष्य मा २०६३ मा श्री श्वेत भैरव दर्पण प्रकाशित भएको र श्रीखण्डपुर मा वि को रजत जयन्ती को उपलक्ष्यमा श्रीखण्ड नामक स्मारिका २०६१ मा उक्त विधालयले प्रकाशित गरिएको छ ।
श्रीखण्डपुर मा धेरै वर्ष पहिले नाटक प्रदर्शन गरिएको थियो ।
यहाँ नाटक प्रदर्शन गर्न पर्दा को साथै पोसाकको व्यवस्था गरिएको थियो ।पर्दावाल नाटक यहाँ बाट विभिन्न ठाउँमा देखाउन लगिन्थ्यो ।हाल य्सतो कार्य बन्द भएको छ ।यहाँ संगीत तर्फ हार्मोनियम तबला बजाउनमा स्व.आनन्द राजोपाध्याय ,स्वो पुस्करराज ब्रल, स्व.दिलगोपाल धुजु ,हरिकृष्ण श्रेष्ठ, तिर्थबहादुर श्रेष्ठ हुनुहुन्थ्यो।यहाँ बाजागाजाको व्यवस्था पनि छ ।पहिले यहाँका मानन्धरहरुले जात्रामा बासुरी बाजा बजाइ थप आकर्षण प्रदान गर्दथ्यो। जुगि बाजा,न्या खिन बाजा, स्थानिय बाजा को रुप बजाइन्थ्यो हाल जुगि बाजा लोप भइ सकेको र न्या खिन बाजा लोप हुने अवस्थामा रहेको छ ।यहाँ धिमे बाजा को राम्रो व्यव्सथा गरिएको छ ।यहाँको बाजा बनेपा,धुलिखेल ,खोपासी,पनौतिमा पनि लगिएको छ। हाल यहाँ धा बाजाको पनि व्यवस्था गरिएको छ।