हाम्रो गौरब हाम्रो श्रीखण्डपूर

Shreekhandapur (श्रीखंडपुर,नेपाल भाषा: खम्पू) नेपालको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा अवस्थित एउटा सहर हो। यो ऐतिहासिक सहर काठमाडौंबाट करिब २८ किलोमिटर पूर्वमा अवस्थित छ। यो शहर समुद्र सतह देखि लगभग १४०० मिटर मा स्थित छ। श्रीखण्डपुरको मुख्य आकर्षण सहरबाट करिब १ किलोमिटर उत्तरपूर्वमा रहेको स्वेत भैरवको मन्दिर हो। श्रीखंडपुरको नाम सुरुमा श्रीखण्ड रुखको उपस्थितिको कारणले राखिएको हो। लिच्छवी कालमा यसको नाम खम्पु थियो जुन अझै पनि यस सहरमा बसोबास गर्ने नेवार समुदायले मुख्य रूपमा प्रयोग गर्छन्।

Learn More About Shreekhandapur

छोटो परिचय तथा नामाकरण सम्वन्धी

श्रीखण्डपुर काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका भित्र पर्ने एक प्राचिन शहर हो । धुलिखेललाई २०४३/११/०५ गते नगरपालिकामा (तत्कालिन समयमा नगरपञ्चायत) परिणत गरिएको थियो । धुलिखेल नगरपालिका बनाउने क्रममा तत्कालिन श्रीखण्डपुर गाउँ पञ्चायतको सम्पूर्ण भू–भाग र नजिकैको चौकोटको केही भू–भाग पनि गाभिएको थियो । धुलिखेल नगरपालिकाको वडा विभाजनको क्रममा श्रीखण्डपुरलाई वडा नं. ८ र ९ गरि २ वडा मा विभाजित गरिएको थियो हाल वडा नं. ८ र ९ गाभिएर वडा नं. ५ गरिएको छ । श्रीखण्डपुर,खन्पु,खड्पु पनि भनिने श्रीखण्डपुरलाई चलनचल्तीमा नेवार जातिले खन्पु र अन्य जातिले खड्पु भन्ने गरिन्छ ।



श्रीखण्डपुरको नामाकरण सम्वन्धी विभिन्न पुराना अभिलेखहरु :-


१. श्रीखण्डपुरको वसाटोल दीपङङर भगवान रहेको ने.सं. ७५१ को अभिलेखमा “ सम्वत ७५१ स्रावन शुदि ८ श्री २ खर्पुदेशया पंच समुचन अजाजु देवता पलमाद्या देवपितिया गथा शुभन न्हा ” लेखिएको पाइन्छ ।

२. वसाटोलको दीपङकर भगवानलाई २ वटा सिंहको मुर्ति चढाएको उल्लेख गरिएको ने.सं. ७९३ को शिलालेखमा ‘श्रीखण्डपुरी’ भनेर लेखिएको पाइन्छ । ने.सं. ८३१ म वसाटोलको चैत्य अगाडि सत्तल पाटी बनाई दिएको अभिलेखबाट दीपङकर भगवानकहाँ ढुङगाले छापेको उल्लेखित छ ।

३. लासंकोटोलको चैत्य निरको पाटीको ने.सं. ८३५ को शिलालेखमा ‘‘श्री खड्गपुरि’’ लेखिएको पाइन्छ । यही स्थानको पाटीमा रहेको ने.सं. ८३५ को अभिलेखमा ‘ श्री २ श्रीखण्दपुरीस्थाने आज्याविवते देशे ’ भन्ने वाक्यांश उल्लेख गरेको पाइन्छ ।

४. त्यसैगरी ने.सं १०२४ ( वि.सं १९६० ) को नासटोलको भैरव मन्दिरको मर्मत पछि राखिएको शिलालेखमा ‘‘ श्री ३ षनपुर देश ’’ भनि लेखिएको छ भने त्यसै मन्दिरको ने.सं १०२४ (वि.सं १९६१ ) को अर्को शिलालेखमा ‘‘ श्री ३ षडपुर ।। पुन्यभूमि ’’ भनि लेखिएको देखिन्छ ।

मथि उल्लेखित शिलालेखको आधारमा ने.सं ७५१ पूर्व नै श्रीखण्डपुरमा बस्ती बसिसकेको भन्ने प्रष्ट हुन्छ । त्यसो त मानदेव प्रथमका पालाको देवपाटन शिवलिङ्ग अभिलेख सं. ५७७ मा “ खैनसपु ’’ प्रदेश भन्ने उल्लेख भएको पाइन्छ । सो नाम खड्पु अथवा खन्पु नाम सित सामीप्य राख्दछ । यसबाट श्रीखण्डपुरको बस्ति प्राचिनकालदेखि बस्दै आएको थप अनुमान हुन्छ । यस्तै ७९३ , ८३५ तथा १०२४ का माथि उल्लेखित शिलालेखहरुबाट यस शहरको नामाकरण श्रीखण्डपुर कसरी रहन गएको बारे प्रष्ट गर्न सकिन्छ ।

AI car modification · jojobet · link building service · 高品質 バックリンク サービス · buy backlinks · dofollow backlinks · dofollow backlinks · SEO, GEO, AEO, AIO and LLMO · Bedeutung von Backlinks für Google · winandoffice · aiswapface — ガイド: AI髪型シミュレーション · guest post service · buy backlinks · link building service · buy backlinks · buy backlinks · hacklink satın al · backlink equity · hacklink panel satın al · jojobet · hacklink satın al · hacklink panel satın al · jojobet · jojobet · jojobet